(१) दफा १४ को उपदफा (१) अन्तर्गत दर्ता किताबमा नाम दर्ता गर्नको लागि आएको सबै दरखास्तहरू सोझै रजिष्ट्रार छेउ पठाउनेछ र रजिष्ट्रारले पनि सबै दरखास्तहरू
काउन्सिलबाट यस कामको लागि तोकिएको समितिमा पेश गर्नुपर्छ ।
(२) दरखास्तवाला अनुसूचीमा लेखिए बमोजिमको योग्यता प्राप्त व्यक्ति हो होइन र निजको दरखास्त रीतपूर्वक छ छैन भन्ने कुराको राम्रो जाँचबुझ गरी समितिले सबै कुरा खोली काउन्सिललाई प्रतिवेदन गर्नेछ ।
(३) उपदफा (२) अन्तर्गत समितिले दिएको प्रतिवेदनमा बिचार गरी काउन्सिलले देहाय बमोजिम गर्नेछ :–
(क) दरखास्तवाला अनुसूचीमा लेखिए बमोजिमको योग्यता प्राप्त व्यक्ति हो र निजको दरखास्त नियम बमोजिम रीतपूर्वक छ र निजले यस सम्बन्धमा नियममा तोकिएको दस्तुर बुझाएको छ भने निजको नाम दर्ता किताबमा दर्ता गरी दिन रजिष्ट्रारलाई निर्देशन दिने,
(ख) दरखास्त नियम बमोजिम रीत नपुगेको वा दरखास्तवालाले दस्तुर दाखिल नगरेकोमा वा दरखास्तवाला अनुसूचीमा उल्लेख भए बमोजिमको योग्यता प्राप्त व्यक्ति नभएमा निजको नाम दर्ता किताबमा दर्ता गर्न अस्वीकृत गरी सो कुराको कारण खोली दरखास्तवालालाई सूचना दिने ।
(४) कुनै दरखास्त रीत नपुगेको वा दरखास्तवालाले दस्तुर नबुझाएको हुनाले उपदफा (३) को खण्ड (ख) अन्तर्गत कुनै दरखास्तवालाको नाम दर्ता किताबमा दर्ता हुन नसकेकोमा सो दरखास्तवालाले रीत पु¥याई फेरि अर्को दरखास्त दिएमा दस्तुर दाखिल गरेमा अघि दर्ता हुन नसकेको कारणले मात्र निजको नाम दर्ता किताबमा दर्ता गर्न नामञ्जुर गरिने छैन ।
(५) उपदफा (३) को खण्ड (क) बमोजिम काउन्सिलले कुनै दरखास्तवालाको नाम दर्ता गर्न निर्देशन गरेमा रजिष्ट्रारले सो व्यक्तिको नाम दर्ता किताबमा दर्ता गरी निजलाई सो कुराको प्रमाणपत्र दिनेछ ।